चीनमा ट्रक र बस ठोक्किँदा ३६ जनाको मृत्यु

असोज १२, एजेन्सी – पूर्वी चीनमा ट्रक र बस आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा ३६ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार जिआंगसू प्रान्तमा यात्रु बस ट्रकसंग ठोक्किएको थियो ।

बसमा ६९ जना सवार थिए । प्रारम्भिक चरणमा बसको पाङ्ग्रा पन्चर हुँदा दुर्घटना भएको बताइएको छ । थप अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् ।