‘चिल गाडी’ लिएर आइन् गायिका अमृता श्रीपाली –(भिडियो सहित)

असोज २७, काठमाडौं – लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक भएको छ ।

कुशल बेलाबासेको शब्द र संगीत रहेको गीतमा रन्जीत परियारले स्वरमा साथ दिएका छन् । आशिष अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् ।

गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । करण चैसिरले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको ‘चिल गाडी’ गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानलबाट सार्वाजानिक गरिएको हो ।