चिनीया सामाग्री आयातमा ६ दिन बन्द

माघ १, रसुवा—चिनिया“ सामाग्री आयातमा ल्होसार पर्वले गर्दा सोमाबारदेखि रोकिएकोछ । ल्होछार नसक्दा सम्मा सात दिनकालागि सामान चिनीया सामाग्री केरुङबाट नेपाल ल्याउन गाह्रो भएको हो ।

तर, नेपाल आयात हुने काम स्थगन भएपनि सामान लिन जाने ट्रक र कन्टेनरलाई रोक भने नलगाइएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । सामाग्री आयात नहुदा भने टिमुरे क्षेत्रको बजार सुनसान रहेको स्थानीहरु बताउछन् । माघ ८ गते देखि भने ढुवानी सेवा सञ्चालनमा आउने जानकारी दिइएकोछ ।