चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न समझदारी

असोज २७, काठमाडौं – नेपाल र चीनबीच चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्ने सहमति भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणपछि जारी गरिएको संयुक्त वक्तव्यमा चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न नेपालले सहजीकरण गर्ने विषयमा समझदारी भएको हो।

दुई देशबीचको व्यापार र लगानीमा सहजता ल्याउन चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न लागिएको उल्लेख छ।

चिनियाँ बैंकको उपस्थितिले नेपालमा चिनियाँ लगानी तथा व्यापारमा सहजता ल्याउने भन्दै दुई पक्षबीच यस्तो सम्झौता भएको बताइएको छ ।