चर्चामा नेहा र आदित्यको बिहे

माघ ९, काठमाडौं –गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणको विवाहको बारेमा बलिउडमा यतिबेला चर्चा चल्न थालेको छ ।

इन्डियन आइडलको स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे फेब्रुअरी १४ मा गरिदिने बताएपछि उनिहरुको चर्चा चलेको हो ।

गायक उदित नारायणले पनि ’कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु’ भनेका छन् ।

गायन रियालिटी सो ’इन्डियन आइडल’मा नेहा जजको रूपमा काम गर्छिन् भने आदित्य कार्यक्रम प्रस्तोताको रूपमा ।

सो मा यी दुईको केमेस्ट्री पनि निकै रुचाइन्छ । तर बिबाह होला नहोला त्यो भने हेर्न बाँकी छ ।