घरको छतबाट लडी मृत्यु

माघ १२, काठमाडौ -रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं ४ पानडिहवा बस्ने ६५ बर्षिय चन्द्रावती यादवको छलवाट खसेर शनिवार मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार दिउसो साढे एक वजेको समयमा आफ्नै घरको छतमा कपडा सुकाउन गएकी यादव अचानक लडेर घाइते भएकी थिइन । घटनावारे इलाका प्रहरी कार्यालय धकधईले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।