घट्यो सुनको मुल्य

असोज १४, काठमाडौं –सुनको मूल्य आज पनि घटेको छ ।

निरन्तर ओरालो लागेको सुनको भाउ आज (मंगलबार) पनि प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

मंगलबार सुनको मुल्य ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चांदी भाउ पनि घटेको छ । आज प्रतितोला ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।