ग्लोबल आइएमई बैंकको सिइओमा परशुरामकुँवर क्षेत्री नियुक्त

मंसिर २३, काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा जनता बैंक मर्ज भई गत साता शुक्रबारदेखि एकिकृत कारोबार सुरु भएको थियो ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंकको सिईओ पदमा थिए । यस अघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा सिईओको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात् बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराइएको थियो ।