क्रिकेटर सन्दीप लामिछानेल पाएनन् अमेरिकाको भिसा

साउन २८, काठमाडौं — नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।

तर भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।

भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान आफूलाई गाह्रो भएको सन्दीपले बताएका छन् ।

Sandeep Lamichhane

@IamSandeep25

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal