क्यानडाको मन्त्रीमण्डलमा पहिलो पटक हिन्दू महिला

मंसिर ८, एजेन्सी – क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

जहाँ भारतीय मूलकी एक हिन्दू महिलाले पनि मन्त्री बन्ने अवसर पाएकी छिन् । यूवा वर्गको समेत प्रतिनिधित्व गर्ने अनिता इन्दिरा आनन्द मन्त्री बनेकी हुन् । जसले क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने पहिलो मन्त्रीको छवि बनाएकी छिन् ।

प्रधानमन्त्री जस्टिनले भने आफूले विविधतालाई महत्व दिएको प्रतिक्रिया दिएका छन् । क्यानडामा अरु तीनजना भारतीय मूलका नेता पनि मन्त्री बनिसकेका छन् । आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वा्चित भएकी थिइन् । नयाँ नयाँ मन्त्रिपरिषदमा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

आनन्द ओन्तारिओस्थित ओक्भिल्लाबाट विजयी भएकी हुन् । हिन्दू महिला पहिलो पटक विजयी भएकाले पनि यस क्षेत्रलाई ऐतिहासिक ठानिएको छ । कानूनको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टो विश्वविद्यालयमा अध्यापन गर्छिन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् ।