को बन्ला सभामुख ? तुम्बाहाम्फेलाई उपसभामुखबाट हटाउने तयारी

कात्तिक ३, काठमाडौं – यौन दुर्व्यवहार आरोपका कारण कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अहिले सभामुख पद रित्तो छ । को बन्दा नयाँ सभामुख भन्ने बारेमा सबैको चिन्ताको बिषय रहेको छ । नेकपा पार्टीभित्र समामुख बन्नका लागि शिर्ष नेताहरुको दौडधुप रहेको छ ।

पूर्वमाओवादी समूहबाट देव गुरुङ, लेखराज भट्ट, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत नेताहरु आकांक्षी रहेका छन् ।
नेकपाले सभामसख पद सुरक्षित राख्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी थालेको छ ।

यस बिषयमा प्रधानमन्त्री  केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको बताइएको छ ।

पूर्वमाओवादी समूहका नेतामध्येबाट सभामुखको उम्मेदवार बनाइएकी उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउन सकिने विकल्पमा पनि छलफल चलेको चर्चा चल्न थालेको छ ।