कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्षको निधन

चैत ९, एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

स्पेनको एक अस्पतालमा शनिबार राति ७६ वर्षे लोरेन्जोको निधन भएको बीबीसीले जनाएको छ । आठ दिनबाट अस्वस्थ्य भएका लोरेन्जो बिहिबार मात्र अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि चेक जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुई पटक युरोपियन कप जितेको थियो ।