किन हामीलाई एउटा संकटावस्था पहिल्याउन पनि मुश्किल पर्छ र ?

क्षितिजको  पश्चिमी कुनावाट

मनोविज्ञान

वर्तमान महामारिले केहि मुलुकहरुलाई अन्यको तुलनामा बढि प्रभाव पारेको छ किनकी आशिंक रुपमा महामारिलाई सम्बोधन गर्ने सम्बन्धमा उनीहरुले ढिलाई गर्दैरहे । यो एकप्रकारले नितान्त मानविय स्भावजन्य प्रतिक्रियाको रुपमा देखापर्छ ।

अहिले हामि कोरोना भाइरसको महामारिको प्रकोपमा छौ । धेरैको लागि यो अद्भूत रुपमा कताकता चिताउँदै न चिताएको र अज्ञातबाट एक्कासि देखापरेको झैं महसुस भईरहेको छ ।

यूकेले आफ्नो पहिलो संप्रेषित केश जनवरीको अन्तयतिर भेटेको थियो । त्यतिबेलासम्म भाइरस विश्वमा फैलिन शुरू भईसकेको थियो । तर मार्चको मध्यतिर मात्र बेलायती प्रधानमंत्री बोरिस जोनसनले जनताहरुलाई अनावश्यक यात्राहरु र सामाजिक भेटघाटलाई बेवास्था गर्ने सल्लाह दिन थालेका थिए र मार्च २३ मा त उनले मुलुकलाई “लकडाउन” गर्ने आदेश नै दिए । यूकेको यस्तो ढिलो प्रतिक्रियाप्रति जनस्वास्थ्यका विषेशज्ञहरुले तिब्र र व्यापक बिरोध गरे ।

उता अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रियाहरुको सामाना गर्नु परिरहेको छ । अमेरिकाले परिक्षण सामाग्रीहरुको अभाव त झण्डै संकटावस्थाकै रुपमा सामना गर्नु परिरहेको छ किनकी सरकारलाई थाहै छैन कति मानिसहरु यो रोगबाट संक्रमित छन भनेर । स्वयं राष्ट्रपति ट्रम्पले यो रोगको खतराप्रति बाम्बार नकारात्मक भूमिका खेलिरहे । तपाईले पढ्नु भएको पनि हुन सक्छ कि ट्रम्पले झण्डै यसलाई शाब्दिक रुपमा भ्रम (Hoax) मात्र भन्न बाँकि राखे । उनले यसलाई गलत रुपमा मौसमी फ्लुसँग समेत तुलना गर्न भ्याए । साथै अमेरिकाको जवाफ(Response) अन्य मुलुकहरुको तुलनामा बढि व्यापक थियो भन्ने असत्य तुलना समेत गरे ।

कसरी विश्वका दुई अति विकसित राष्ट्रहरु जोसँग खर्च गर्न प्रविधि र विशेषज्ञता प्रचुर छ, विस्तारै बढदै गएको यो महामारीलाई पहिल्याउन असफल भए रु अन्तिम जवाफ त घटनाको सत्यतथ्य उजागर पछाडि अथवा सार्वजनिक सुनुवाई पश्चात मात्र आउला तर थुप्रै बिदित मनोवैज्ञानिक प्रक्रियाहरु छन जसले व्यक्तिवासंगठनलाई आउँदै गरेको संकटावस्थाका पुर्व संकेतहरु बुझ्नबाट बञ्चितगर्न सक्छ यतिसम्मकि संकटावस्था उनीहरुको मुखैअगाडि उभिएर एकटकले उनीहरुलाई हेरिरहेकै किन नहोस ।

सन् १९८०मा मनोविद निल वेइन्स्टेइनले एउटा सोध प्रकासित गरे जसलाई आशाबादी पुर्वाग्रह (Optimism Bias) को विषयमा पहिलो सोधको रुपमा लिईएको थियो । उनले भेटे कि मानिसहरु आफ्नो भविष्यको सम्भावाहरुप्रति अवास्तविक रुपमा आशाबादी छन् । उनले २०० भन्दा बढि विधार्थीहरुलाई सोधको क्रममा अन्तरवार्ता गरेका थिए ।

उनले विधार्थीहरुलाई उनीहरुको जिवनमा पर्न सक्ने वा भोग्न सक्ने दुई सम्भावित अनुभवहरुलाई क्रमिकताको आधारमा मूल्याङ्कन गर्न भने । पहिलो सकारात्मक अनुभवस् आफ्नै घर किन्न सक्ने वा एउटा अद्भूत क्षमताको बच्चा जन्माउन वा पाँउन सक्ने । दोस्रो नकारात्मक अनुभवस् क्यान्सर लाग्नेसक्ने वा सम्बन्ध विच्छेद हुनसक्ने । विधार्थीहरुले यस क्रममा आफ्नो मात्र नभई अन्य विधार्थीहरुको समेत माथिका दुई अनुभव भोग्न सक्ने सम्भावनाप्रति पनि क्रमिकताको आधारमा मूल्याङकन गर्नुपर्ने थियो । अधिकांश विधार्थीहरुले उनीहरुको आफ्नो सम्भावना औसत भन्दा राम्रो हुनेछ भनेर सोंचे । उदाहरणको लागि उनीहरुको क्यान्सर लाग्ने सम्भावना अन्यहरुको तुलनामा निकै न्युन हुनेछ र आफ्नै घर किन्ने सम्भावना तुलनात्मक रुपमा अरुहरु भन्दा बढि हुनेछ । युनिभरसिटि कलेज लण्डन कि सेरोट तालि भन्छिन यो प्रवृत्ति विभिन्न माध्महरुबाट बिदित र प्रदर्शित भईरहेको छ । पूर्वाग्रहको मूल नै सायद हाम्रो नयाँ सुचनाहरु सिक्ने तरिका होला । २०११ मा उनी र उनको समुहले गरेको सोधमा पाइयो कि मानिसहरु ति सूचनाहरुका सम्बन्धमा निकै छिटो आफ्नो विश्वासमा परिवर्तन गर्दछन् जुन सूचनाहरुमा प्रतिक्रिया आशा गरे भन्दा राम्रो छ आशा गरेभन्दा खराबको तुलनामा ।

कार्यस्थलमा पुर्वाग्रहहरु छन भन्ने प्रमाण पहिले देखि छः सम्भवत यसले व्याख्या गर्दछ कि किन बहुसंख्यक मानिसहरु सामाजिक दुरी जस्ता चेतावनीहरु अङ्गिकार गर्नबाट असफल रहे ।

यो सजिलै कल्पना गर्न सकिन्छ कि कसरी आशाबादि पुर्वाग्रहले कोभिड १९ प्रति हाम्रो विश्वासहरुलाई प्रभावित गर्न सक्छन भनेर । मान्नुहोस यदि विषेशज्ञहरुले भने कि लकडाउन आउने दुई हप्तामा खुकुलो पार्न सकिन्छ भन्ने मानिसहरु तत्कालै आफ्ना विश्वासहरुमा परिवर्तन गरिहाल्छन् । तर यदि विषेशज्ञहरुले लकडाउन आशा गरेभन्दा बढि लम्बिन सक्नेछ भने मानिसहरु आफ्ना विश्वासहरु कमै परिवर्तन गर्नेछन् । उनीहरु भन्नेछन कि म यसमा रत्तिभर विश्वास गर्दिन । परिस्थितीहरु परिवर्तन भइरहन्छन, आदि इत्यादि । परिणामस्वरुप तपाई त्यतिबेला यहि पुर्वाग्रही विश्वासहरु बनाइरहेको हुनुहुनेछ, सेरोट भन्छिन ।

वास्तवमा कार्यस्थलहरुमा पुर्वाग्रहहरु छन भन्ने प्रमाणहरु पहिले देखि छ, सम्भवत यसैले व्याख्या गर्छ कि किन बहुसंख्यक मानिसहरु सामाजिक दुरी जस्ता चेतावनीहरु अङ्गिकार गर्नबाट असफल रहे ।

उदाहरणकालागि एउटा सर्वेक्षण ९अहिलेसम्म पिअर – रिभ्यु गरिसकिएको छैन० जसलाई युनिभरसिटि कलेज लण्डनमा अनुसन्धानकर्ता चेवि टोबी वाइज र उनका सहपाठी साथिहरुले १,५९१ अमेरिकाहरुमा गरेको सर्वेक्षणमा भाइरसको सम्बन्धमा उनीहरुको विशवास र कार्यहरुलाई विषयवस्तु बनाइएको थियो । हुनत सहभागि भोलुन्टिअर्सहरुको सचेतता समयक्रमसँगै बढेको त देखियो र साथै उनीहरुले सुरक्षात्मक उपायहरु अपनाउन समेत सुरु गरेका पनि थिए । तथापि, उनीहरुले संक्रमणको आफ्नो बैयक्तिक खतरालाई अन्य औषत मानिसहरुको तुलनामा भने न्यून आङ्कलन गरेको पाइयो ।

त्यस्तै युनिभरसिटि मेडिकल सेन्टर हेमवर्ग एपेन्डोर्रफका बेन्जामिन कुपर स्मिथ र उनका सहपाठिहरुले युके, अमेरिका र जर्मनि नागरिकहरुमा एक सर्वेक्षण गरेका थिए जसमा सहभागी भोलिन्टिअर्सहरुले संक्रमणको आफ्नो बैयक्तिक खतरालाई मात्र न्युन आङ्कलन गरेनन अपितु आफूहरुद्धारा अन्यलाई भाइरस सार्न सक्ने सम्भावनाहरुलाई समेत न्युन मुल्याङ्कन गरे । हामिहरु अहिले वृहत सर्वेक्षण गर्दैछौ र हाम्रो पाईलट तथ्याङ्कहरुले पनि उही समानान्तर प्रतिकृया देखाउँछ, सेरोट भन्छिन । उनको पाईलट सर्वेक्षणमा एउटा व्यक्तिले पनि स्वीकारेको छैन कि उनीहरुलाई भाइरसको संक्रमण हुने सम्भावना छ भनेर । सुक्ष्म गल्तिहरु प्रति पनि मानिसहरु अति संवेदनशिल देखिए जसलाई परिणाममुखि पुर्वाग्रह  (Outcome Bias) भनिएको छ ।

यसको स्पष्ट उदाहरणको रुपमा दुई हवाई जहाजलाई लिन सकिन्छ जुन झन्डै एक आपसमा यति नजिक आए कि यो ठोकिन्नबाट जोगिए । यस सन्दर्भमा एउटा स्वाभाविक प्रतिकृया हुन्छ, वाह एकदमै नजिक, अर्कोपटक ठोक्किन सक्छ । यसले अहिलेको अभ्यासमा परिर्वतन जरूरी छ भन्ने तर्फ इंगित गर्छ । तर मानिसहरु प्रायः यस्तो प्रतिकृया दिदैनन बरु भन्छन कि वाह म अद्भूत विमान चालक हुँ र मेरो उडान सम्बन्धि कौशलले यस्तो हुनबाट जोगायो । यसलाई परिणाममुखि पुर्वाग्रह भनिन्छ । हुनत तथ्यगत रुपमा परिस्थिति ओकेमा परिणत भयो तर यो ति हवाई जहाज यति डरलाग्दो गरि नजिक आएका थिए कि स्थिति भयानक रुपमा गलत हुन पनि सक्थ्यो भन्ने कुरालाई कम आङ्कलन गराउने कारण बन्न सक्छ ।

कोभिड १९ महामारी सरकारहरु र संगठनहरुले सम्भावित दुर्घटनाबाट पाठ नसिकेको स्पष्ट उदाहारण हो ।

परिणाममुखि पुर्वाग्रह सबैभन्दा पहिले जोनाथन बेरोन र जोन हर्सीले सन १९८८ मा ब्यख्या गरेका थिए । उनीहरुले अनिश्चित परिस्थितिहरुमा अन्य मानिसहरुले लिएका निर्णयहरूको विस्तृत विवरण सर्वेक्षणमा सामेल गरिएका भोलिन्टिअर्सहरुलाई दिएका थिए । उदाहरणका लागि जुवातास खेल्नु । सहभागिहरुले अन्य मानिसहरुले लिएका निर्णय र सोको तार्किक आधारहरुलाई मूल्याङ्कन गर्न भएिको थियो । धेरै सहभागिहरुले अनुकुल परिणाम देख्दा ती मानिसहरुलाई उच्च मूल्याङ्कन गरे यधपि ति परिणामहरुमा अवसरहरुले ठूलो भुमिका खेलेका थिए । अर्को शब्दमा, जब निर्णयहरु परिणामुखि निस्किए त्यसले सहभागिहरुको मूल्याङ्कनलाई अतिशय बनाउनमा कारक बन्यो ।

केभिड १९ लाई सरकारहरु र संगठनहरुले सम्भावित दुर्घटनाबाट पाठ नसिकेको एक स्पष्ट उदाहरणको रुपमा लिन सकिन्छ । बिगत २०वर्षमा दुईवटा माहामारीहरु फैलिएको थियो जसकॊ कारण कोरोनाभाइरसहरू नै थिए जुन समुहसँग नै हालको नयाँ भाइरस पनि सम्बन्धित छ । २००३ र २००४ को सार्स माहामारिले कम्तिमा ७७४ मानिसहरूको ज्यान लिएको थियो यसलाई रोकथाम गर्नु अगाडि । जबकि २०१२ मा सुरु भएको मर्स महामारिले ८५८ जनाको ज्यान लिएको थियो । कोभिड १९ ले माथि उल्लेखित दुवै माहामारिलाई निकै पछि छाडेको छ । यो लेख लेख्दासम्म २३९,००० जना मरिसकेका छन्

मलाई लाग्दैन यॊ बेला हामी कुनै सम्भावित दुर्घटना (Near-Miss) बेहॊरिरहेका छौ । यो कुनै सम्भावित दुर्घटना होईन, यो त पुर्ण दुर्घटना हो, डिलन मेरिल भन्छिन ।

यद्यपि मानिसहरुलाई सप्रमाण एउटा माहामारी फैलिएको सूचना संप्रेशित भईरहेको थियो । तर उनीहरु यसको विश्वसनियताबाट इंकार गरिरहेको झै देखा पर्दथे । यो अविश्वासनियतामा थुप्रै मनोवैज्ञानिक कारणहरुको योगदान रहयो तर, सबैभन्दा महत्वपुर्ण चाँहि पुष्टिकरण पुर्वाग्रह (Confirmation Bias रहयो । जब मानिसहरुलाई कुनै कुरा विश्वास गर्न प्रेरित गरिएको छ भने उनीहरु मात्र प्रमाण खोज्नपट्टि लाग्न सक्छन जुन प्रमाणले त्यो दृष्टिकोणलाई समर्थन गर्छ । जबकि त्यससँग विरोधाभास हुने कुनै पनि कुरालाई इन्कार वा बहिष्कार गर्छ ।

डिलन मेरिलले लश ऐन्जलस टाइम्समा प्रकाशित एउटा लेख तर्फ इंगित गर्छिन । मार्च ८ मा एउटी अमेरिकी महिलाले दक्षिणी क्यलिर्फर्निया स्थिति ट्रम्फ नेशनल गोल्फ क्लबमा आफनो ७०औँ जन्मदिवस भोज आयोजना गरिन । ठिक एक हप्ता पछि मात्र थाहा हुन आयो कि भोजमा सामेल एक जना पाउनामा कोभिड १९ पोजेटिभ थियो । त्यस पश्चातका जाँचमा थुप्रै अन्य पाहुनाहरूमा पनि कोभिड १९ पोजेटिभ पाइयो ।

हुनत पाहुनाहरुलाई यदि विरामी हुनुहुन्छ भने भोजमा सामेल नहुन सल्लाह दिइएको थियो । तर त्यति मात्र प्रयाप्त देखिएन । थुप्रै मानिसहरु जसले भाईरसको संक्रमण फैलाइरहका छन उनीहरुलाई कुनै पनि लक्षण देखा परेको छैन । तर सबैले यो कुरालाई कुनै न कुनै तर्कद्वारा पन्छाएका छन्, डिलन मेरिल भन्छिन । परिणाममुखि पुर्वाग्रहमा तपाई आफनो भुमिकालाई समर्थन गर्ने तथ्याङ्क खोज्नु हुन्छ, उनी भन्छिन । तपाई वास्तवमा के हेर्न चाहनु हुन्छ भनेः म स्वस्थ्य छु । म वास्तवमै आफनो भोज गर्न चाहन्छु । हामि लख काट्छौ कि कसैले पनि कुनै लक्षण देखाएको छैन र कसैले पनि कसैमाथि खोकेको पनि छैन । त्यसो भए किन हामीले हाम्रो भोज गर्न नपाउने ?

हाम्रो अनुकरणको प्रवृति फाइदाजनक हुन पनि सक्छ, तर यो सन्दर्भमा यसले हामीलाई कष्ट दिईरहेको छ ।

यो लेखले अर्को समस्यालाई पनि वर्णन गर्छ । अनिश्चित परिस्थितिहरुमा हामी एक अर्कातर्फ सल्लाह, सुझाव वा मार्गनिर्देशनको आशले हेर्छौं तर हाम्रा छिमेकिहरु सँधै असल मार्गनिर्देशक हुन सक्दैनन । मलाई लाग्छ सामाजिक मुल्य मान्यताहरूको नै सबैभन्दा बढी प्रभाव रहन्छ, डिलन मेरिल भन्छिन । किनकि सूचनाहरु स्पष्ट छैन, ति बदलिइ रहेका छन अथवा ति अनिश्चित छन । मानिसहरु भेउ वा उपायहरु खोजिरहेछन र सामाजिक मुल्य मान्यताले के संकेत गरिरहेछ त्यही अनुशरण गरिरहेको देखिन्छ ।

यसले सायद वर्णन गर्न सक्ला जस्तो कि तथाकथित अनावश्यक खरिददारी र सञ्चय । उदाहरणका लागि पानीका बोतलहरु । अन्यहरुले खात का खात पानीका बोतलहरु किनेर थुपारेको देख्दा तपाइ पनि सायद सोही नै गर्नु हुनेछ । यस प्रकारको हाम्रो पछयाउने वा अनुकरण गर्ने प्रवृति फाइदाजनक हुन पनि सक्छ तर अहिलेको सन्दर्भमा यसले हामीलाई कष्ट दिइरहेको छ ।

सरकारी तथा गैरसरकारी संगठनहरुको स्तरमा यो अनुकरणकॊ प्रवृति एउटा सामूहिक सोचको रुपमा घोषित हुन सक्छ । बुद्धिमानी र अनुभवी निर्णयकर्ताहरु कहिलेकाहि विभिन्न उपायहरुमाथि खुल्ला बहस गर्नबाट जोगिन्छन बरु त्यसको साटो विना समिक्षा ती योजनाहरु स्वीकार्न पुग्छन जसमा अन्यहरु आश्वस्त भएका छन् ।

सामुहिक सोंच सबैभन्दा पहिले मनोविद आरभिङ जेनिसले सन् १९७० को पुर्वाधतिर आफनो चर्चित पुस्तक सामुहिक सोचका पिडितहरु मार्फत व्याख्या गरेका थिए । उनले तात्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडिको निर्णय गर्ने प्रकृया माथि सोध गरेका थिए । त्यसका लागि उनले दुई अन्तराष्ट्रिय दुर्घटनाहरुः १९६१ को क्युबेली बंगुरहरुको खाडी माथिको असफल अतिक्रमण र सन् १९६२ को क्युबेली क्षेपयास्त्र संकट । बंगुरहरुको खाडी माथिको अतिक्रमण अमेरिकी विदेश नीतिको प्रमुख असफलता थियो । जेनिसले भेटे कि केनेडिका सल्लाहकारहरु न त केनेडिलाई न त एक अर्कालाई नै चुनौती गर्थे ।

क्युबेली क्षेपयास्त्रका दौरानमा भएका थुप्रै मिटिङ्गहरु केनेडिको अनुपस्थितिमै भएको देखियो जहा सहभागिहरुलाई वैकल्पिक उपायहरु निकाल्न दबाव थियो र त्यसले उनीहरुलाई बैकल्पिक उपाय वा सोंचका फाइदा र घाटाहरु तौलन दबाव दियो, डिलन मेरिल भन्छिन् । सामुहिक सोंचबाट जोगिने सबैभन्दा साधारण तरिका चाँहि निर्णय गर्ने राम्रो संरचनागत प्रकृया हुनु नै हो ।

झन्डै त्यस्तै समानान्तर अर्को विचार पनि छ जसलाई कार्यात्मक मुर्खता (Functional Stupidity) भनिन्छ जसलाई स्वीडेनको लुन्ड युनिभर्सिटिका मेट्स अल्भेसन सिटी युनिभर्सिटि लण्डन युकेका आन्द्रे स्पाइसरले ब्याख्या गरेबा थिए । यो जोडीले सोधको क्रममा पायो कि संगठनहरुले प्रायः चलाख र प्रतिभावान मानिसहरुलाई रोजगारमा लिन्छन तर त्यसपछि निर्णय गर्ने प्रकृया र संस्कारको निर्माण गर्छन जसले उनीहरुलाई सरोकार व्यक्त गर्न वा सुझाव दिनबाट निरुत्साहित गर्छ । बरु त्यसको सट्टामा सबैलाई घटनाहरुको सकारात्मक व्याख्या गर्न उत्साहित गर्छ जसले अन्ततः स्व सुदृढ मुर्खता(Self-Reinforcing Stupidity) लाई नै बढावा दिन्छ । राम्रो समाचार यो हो कि यी सम्पुर्ण पुर्वागह्रबाट उम्किन सम्भव छ तर त्यसको लागि बहुसंख्यक संगठनहरूको काम गर्ने तरिकामा सुधार ल्याउन आवश्यक हुन्छ ।

संकटहरु त्यसै अज्ञातबाट निस्कदैनन, बरु कुनै कुराको अतिशय रुपबाट आउँछन जुन हरेक पल घटिरहेका हुन्छन ।

आशावादी पुर्वाग्रहबाट शुरु गरौं । हामी प्रायः खराब खबरबाट होइन कि राम्रो खबरहरूबाट सिक्ने गर्छौ जसका कारण आशावादी पुर्वाग्रह उत्पन्न हुने गर्छ । सेरोटले के भेट्टाइन भन्दा जब हामी दबावमा हुन्छौ यसले उल्टो असर गर्छ । अर्थात, हामीहरु अप्रत्यासित खराब घटनाक्रमहरुबाट राम्रो सिक्न सकिरहेका हुन्छौ । यसकॊ निहितार्थ यो हुन्छ कि काममा हुने केहि दबाबहरु राम्रा हुन्छन् किनकी यसले हामीलाई खतराहरु पहिचान गर्न मद्दत गर्छ र अन्तत्वगॊत्वा तिनको न्यूनिकरणमा मद्दत ।

परिणामुखी पुर्वाग्रहहरु हामीलाई सम्भावित दुर्घटनाहरु खोज गर्न कारक बन्छ । डिलन मेरिल र उनका सहपाठीहरुले पाए कि सुरक्षालाई (Safety) महत्व दिने सांगठनिक संस्कारले निकै नै फरक पार्न सक्छ । यो त्यतिबेला झन सजिलो बनिदिन्छ जतिबेला सम्भावित दुर्घटानाको खतराहरू प्रष्ट रहन्छ । उदाहरणको लागि हवाई जहाजको इन्जिनमा आगो लाग्नु । यदि संभावित दुर्घटना सुक्ष्म प्रवृतिको (Subtle One)छ भने चाँहि निकै गाह्रो हुन सक्छ । तर, व्यवस्थित रुपमा संचालित संगठनहरुले अध्यापि त्यसता सम्भावित दुर्घटनाहरूबाट सिक्न चाँही सक्छन ।

संगठनको ढाँचा र संस्कार महत्वपुर्ण हुन्छ, जोन्स हपकिन्स युनिभर्सिटि बाल्टिमोर, म्यारिल्यान्डकी केथलिन सटक्लिफ भनिन्छ । संकटहरु अनायासै अज्ञातबाट आउँदैनन्, आम रुपमा हरेकपल घटिरहने घटनाहरुको अतिशय रुपमा घटने गर्छन । तसर्थ, यसको रुपरेखा पुर्वानुमान गर्न सम्भव छ र त्यसको प्रतिकारहरु निमार्ण गर्न पनि

सटक्लिफ र उनका सहकर्मीहरुले सबैभन्दा राम्रो तयारी भएको उच्च विश्वसनिय त्यसता संगठनहरुको पाँच विशेषताहरु पहिचान गरेका छन् जुन संगठनहरुले बिरलै प्रकोपहरूको सामना गरेका हुन्छन

पहिलो, त्यस्ता संगठनहरु थुप्रै असफलताहरुबाट परिचित हुन्छन् । यसको अर्थ तिनीहरु के प्राप्त गर्न चाहन्छन त्यसमा प्रस्ट छन् । साथै उनीहरु ती उपायहरु जसले उनीहरुलाई किनारा लगाउन सक्छ, माथि पनि निकै घोत्लिएका हुन्छन, साथै ती उपायहरुसँग पनि सजग हुन्छन् जसमा परिस्थिति प्रतिकुल हुन वा नियन्त्रण हातबाट फुत्कन पनि सक्छ । साथै यसमा सम्भावित दुर्घटनाहरुलाई निकै गम्भिर रुपमा लिनु पनि पर्छ ।

जब हामी थुप्रै असफलताहरुबाट परिचित भन्छौ, मानिसहरु तत्काल यस्तो निष्कर्षमा पुग्छन कि तपाई धेरै सकारात्मक हुनुहुन्न र तपाई सफलताको खुशी मनाउन सक्नु हुन्न । हामी त्यसतो अर्थमा कदाचित भनिरहेका छैनौं ।

उच्च विश्वसनीय संगठनहरुले आफ्ना कर्मचारीहरुलाई सरलीकरणबाट जोगिन र जटिलतालाई अंगाल्न उत्साहित गर्छन । यहाँ सम्म कि त्यसमा आकर्षक सकारात्मक भावार्थका भनाईहरु समेतलाई दुरुत्साहित गर्ने सम्म पर्छ । उनीहरु आफ्नो धेरैजसो समय तत्काल र त्यसैमा विताउँछन न कि ठुलो तस्बिर खालको रणनीतिमा (Big-Picture Strategy)। उनीहरु अधिकतम प्रतिकारहरु बनाउनमा लाग्छन् र निश्चित गर्दछन कि उनका कर्मचारीहरुसँग प्रयाप्त समय र उत्प्रेरणा छ समस्याहरूसँग लडन, समस्यालाई पन्छयाउन वा लुकाउनु भन्दा पनि ।
अन्तमा, उनीहरुसँग निर्णय प्रकृयाको लचिलो ढाँचा हुन्छ । यसको अर्थ तल्लो तहमा र माथिल्लो तहमा पनि निर्णयहरु लिइन्छ तर संकटको प्रवृति अनुसार वा प्रकृतिमाथि निर्भर रहन्छ ।

यदि सरकारहरु अर्को माहामारी स्तरको संकटावस्थामा अस्तव्यस्त वा भद्रगोल (Flat-Footed) देखिनबाट जोगिन चाहन्छन भने उनीहरुले सटक्लिफका सल्लाहहरूमाथि ध्यान पुर्याउन सके उनीहरु राम्रो गर्न सक्नेछन् । अन्यथा उनीहरुको मानवीय पुर्वाग्रहहरुले पुनः उनीहरुलाई धोका दिनेछ ।

 


प्रस्तोताः अशोक कुमार गहतराज सुनार
साभारःबिबिसी ग्लोबल न्युज (माइकल मार्शल)