‘काले दाइ’ को ‘आँखा आँखा जुधी’ गीत सार्वजनिक

असोज १६, काठमाडौं – शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ’ को गीत सार्वजनिक भएको छ ।

बुधवार इन्टरनेटमा रिलिज गरिएको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर रहेको छ । गीतमा इन्द्र रामजालीको शब्द तथा सङ्गीत रहेको छ भने भिडियोमा अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुली फिचर्ड छन् ।

चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।