कांग्रेस सांसद केसी भन्छन् ‘ आरडिटीले आतंक फैलायो, स्वास्थ्यमन्त्रीबाट जवाफ चाहियो।’

जेठ १४, काठमाडौं – नेपाली कांग्रेसका सांसद राजन केसीले आरडिटी परीक्षणले आतकिंत पार्ने कार्य गरेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै सांसद् केसीले आरडिटी गलत प्रविधि भएको दाबी गरे। ‘स्वास्थ्यमन्त्री आरडिटी किट किनेर जनतालाई अलमलमा राख्ने काम भएको छ ।जनतालाई आतंकित पार्ने किन हुदैछ?’उनले भने।

आरडिटी सिफारिस गर्नेप्रति नै उनले असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘उनीहरु पाँच दिनसम्म कति तनावमा भए र आतंक फैलियो। यो कार्य किन गरियो? स्वास्थ्यमन्त्रीबाट जवाफ चाहियो।’