कसले बुझ्यो जिन्दगी ?

चानक त्रिखत्री


केहि नपाएर पनि सबै थोक पाउनेले?
या

सबै थोक गुमाएर पनि केहि नपाउनेले?

सांस लिदा वा रोक्दा?

मुटुमा रगत बग्दा वा रोकिदा?

म छु वा छैन?

छु त कहाँ छु?

छैन त कहाँ हुनुपर्थ्यो?

म हाँसी पनि रहेको छु ओंठहरु सुकाएर

रोएको पनि छु परेला नभिजाएर

कसले बुझ्यो जिन्दगी?

मेरो मुटु वरिपरि के छ?

सांसरिक देह धकेलेकै छ

सोध्दैन मलाई !

म कसरी बाँचेको छु?

बँचेको छु कि ……………..

हरेक पटक बँच्न खोज्छु

वरिपरि काँडाहरु छन्

घोच्छन्

तर पनि आँसु आँखाको क्षितिज मै राखेको छु ।