कविता मार्फत जनतामा नेताहरु

बैशाख २२, काठमाडौं – पार्टीका बैठक, कार्यक्रम र भेटघाटमा ब्यस्त रहने राजनीतिकर्मी यतिबेला भने केहि मात्रामा फुर्सदमा छन् । लकडाउन लागु भएसंगै राजनीतिक गतिबीधिहरु सक्रिय नभएकाले राजनीतिककर्मीलाई फुर्सदको समय मिलेको हो ।

यो बेला उनिहरुले गरेका बिभिन्न क्रियाकलापहरु सार्वजनिक भइरहेका छन् । केहि समय अघि लकडाउनका समयमा नेकपाका अध्यक्ष प्रचण्डले घरको छतमा दाउरामा मासु पकाएको र घरमै साइकिलिङ गरेको फोटो र भिडियोले निकै चर्चा बटुल्यो ।

लकडाउन लम्बिदै जादा प्रधानमन्त्रीदेखि पार्टीका नेताहरु साहित्य सिर्जनामा गरि समाजिक संजालमा पोष्टाएका छन । नेताहरुका ति सिर्जनाले यतिबेला चर्चा बटुलिरहेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली प्राय ठट्टा गरिरहन्छन् । उनको हरेक भाषणमा उखान टुक्का जोडिएकै हुन्छन् ।

एकातिर कोरोना कहर र अर्कोतिर राजनीतिले थिचिएको उनको दैनिकी । उनको यस्तो अवस्थामा पनि साहित्य प्रतिको प्रेम झल्कियो । उनि लगातार कबिता लेखिरहेका छन् । बिश्वभरि श्रमीक दिवस मनाइरहदा ओलीले कबिता मार्फत श्रमीकहरुलाई देशकै स्रोत साधन प्रयोग गरि स्वदेशमै रोजगारी सिर्जना गरिने आश्वासन दिए । ‛बन्छ नमुना नेपाल’शर्षक मार्फत उनको देशमा सम्बृद्धिको बाटोमा गइरहेको भाव ब्यक्त गरेका छन् । त्यस्तै ओलीले अर्को कबिता ‛अब आँसु खसाउन पर्दैन’ पनि रचेका छन् ।

         

नेकपा पार्टीका नेता भीम रावल स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । रावलले राजनीतिक हिंसा र माओवादी द्वन्द्व पोलिटिकल भायोलेन्स एण्ड द माओइस्ट इनसरजेन्सी इन नेपालमा पिएचडी गरेका छन् । लकडाउनको समयमा रावलले पनि कबिता रचना गरेका छन् । रावलले श्रमीक दिवसका अवसरमा ‛श्रमको रक्षा होस’ शिर्षकको कबिता सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । उनले कबिता मार्फत श्रमीकहरु एकजुट हुनु पर्ने सन्देश दिएका छन् ।

त्यस्तै अर्का नेता जनार्दश शर्माले पनि सामाजिक सञ्जाल मार्फत लगातार कबिता सार्वजनिक गरिरहेका छन् । लकडाउको समयमा सामाजिक कार्यमा सक्रिय उनले देशको राजनीतिक अवस्थालाई ब्यङ्ग गर्दै कबिता सार्वजनिक गरेका छन् । उनल कबिता मार्फत हरेक क्षेत्रमा लकडाउन हुदाँ नेताहरुको विबेकमै लकडाउन लागेको भन्दै ब्यङ्ग गरेका छन् ।

त्यस्तै शर्माले अर्को कबितामा राजनीति बितृष्णा ब्यक्त गरेका छन् । उनले अहिलेको अवस्थामा बर्गको राजनीति खोज्न पहल गरौं भन्दै कबिता सिर्जना गरेका छन् ।