कप्तान ज्ञानेन्द्रको शतक

मंसिर १९, काठमाडौ – १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ ।

किर्तिपुरथित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ । र, भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन् ।

ज्ञानेन्द्रले ५३ बलमा शतक पुरा गरेका हुन् ।

योसँगै कप्तान ज्ञानेन्द्र टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

ज्ञानेन्द्र ५५ बलमा १०७ रन बनाएर आउट भए ।