एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २ गतेबाट सुरु हुने

साउन ३१,काठमाडौं — एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भदौ २ गते सुरु हुने भएको छ ।

नेपालको आयोजनामा हुने उक्त प्रतियोगीतामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ ७ गतेसम्म संचालन हुनेछ ।