एन आई सी एशिया बैंक, इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीबीच त्रिपक्षीय सम्झौता

माघ ८,काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेड, इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत र एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ ।

इन्ड टूू इन्ड एएमएल (एन्टी मनी लन्डरिङ)रसीएफटी (कम्ब्याटिङ टेररिस्ट फइनान्सिङ) सोलुसन खरिद गर्ने विषयमा उनीहरूबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि. का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्नील टेक्नोलोजि प्रा.लि.का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्रा्ष्ट्रियस्तरको इन्ड टूू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र इन्ड टूू इन्ड एएमएल (एन्टी मनी लन्डरिङ)रसीएफटी (कम्ब्याटिङ टेररिस्ट फइनान्सिङ) सोलुसन कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्रा्ष्ट्रिय निकायहरूले तोकेका मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने बैंकले बताएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्रा्ष्ट्रिय निकायहरूले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको बताएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकता दिँदै बैंकले हाल ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको बताएको छ । निकट भविष्यमै आफ्ना सबै शाखामा उक्त प्रविधि राखिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेका छ । यसका लागि बैंकको वेबसाइटमा रहेको ई–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने जनाएको छ ।
बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार बैंकले अहिले नेपालभर ३१३ शाखा, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरेर २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको उनले बताए ।