एन आइसी एशिया बैकको नयाँ योजना – जति Scan and Pay, त्यति धेरै पैसा’

 

फागुन ३०, काठमाडौं – एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको QR Code Scan गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरुलाई ‘जति धेरै Scan and Pay, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।

यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकहरुले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्ने सक्नेछन् । साथै यस योजनामा लक्की ड्र मार्फत पाँच जना भाग्यमानी ग्राहकहरुले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यो अफर चैत महिनासम्म रहने बैंकले बताएको छ ।