एनएमबि बैंकको ३५ प्रतिशत लाभांश प्रस्ताव

 

कात्तिक २५, काठमाडौं – एनएमबि बैंक लिमिटेडले वितरण योग्य रकमबाट शेयरधनीको लागि हाल कायम चुक्तापूँजीको २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ दशमलव ९६ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड ९ लाख पुग्नेछ ।