एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत सामान किन्दा १० प्रतिशत छुट

चैत १८, काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआइसीका ग्राहकहरूले चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म मबचबश.अयm.लउ मा गई बीग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ । जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकहरुलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ ।

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिन्छ । यसका साथै, मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआइसी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४सैं घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो