एथलेटिक्समा सन्तोषीले जितिन स्वर्ण पदक

मंसिर १७, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा दुरी सार गरिन् ।
यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।