एजुकेशनल पार्कको “अव घर आउ” अभियान चर्चामा – भिडियो

कात्तिक ३, काठमाडौं  –  नेपालमा शैक्षिक परामर्श कम्पनीहरु अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सहजिकरण गर्दै आएका छन । विद्यार्थीका रोजाईका देश, त्यहाँका कलेज, पढ्ने विषय तथा अन्य आवश्यक जानकारी दिदै सकेसम्म वाहिर पढाउनु नै परामर्श कम्पनीहरुको व्यवसाय हो । तर एक दशक भन्दा वढी शैक्षिक परामषर्का क्षेत्रमा क्रियाशिल एक कम्पनीले विदेश पढ्न गएकाहरुलाई अव घर आउ भन्ने अभियान चलाएको छ ।

फरक कार्यशैलिका कारण शैक्षिक परामर्षका क्षेत्रमा वेग्लै नाम राख्न सफल सुन्धरा स्थित सिभिल मलमा रहेको एजुकेशनल पार्कले एक भिडियो समाजिक सञ्जालमा अपलोड गरि यो अभियान चलाएको हो ।

चार्डपर्वका वेला किन अव घर आउ भन्ने अभियान चलाउनु भएको हो भन्ने जिज्ञासामा पार्कका प्रवन्ध निर्देशक विराज पाण्डे भन्छन “अहिले देशमा दक्ष जनशक्तिको आवश्यकक्ता छ । विदेशमा वसेका नेपालीले सिकेको ज्ञान नेपालमा पोख्नु पर्छ । यहि सन्देश हामी अभियान मार्फत प्रवाह गर्न चाहान्छौ ।” उनले अगाडी थपे “दशैं तिहार नेपालीका महान पर्व हुन ।

यति वेला विशेषत आफ्नो सन्तानलाई आफ्नो काखमा अभिभावकले खोज्नु भएको छ । अथवा देशले खोजेको छ भन्ने गहिरो भाव दिन पनि यहि वेला भिडियो अपलोड गरिएको हो ।”  पार्कले संचालन गरेको अब घर आउ भन्ने अभियान छोटो समयमा समाजिक सञ्जालमा चर्चा वटुलेको छ । विराज भन्छन “भिडियो हेरेर आएका प्रतिक्रियाले उत्साही वनाएको छ ।”

उनले मन्द मुस्कानमा इमेलखवरलाई भने“हेर्नुस हामी त सुरु मात्रै गरेका छौ । यो सफल वनाउ न त सवै नेपाली लाग्नु पर्छ । अझ वढी सरकारले विदेशमा रहेका नेपालीलाई देश फर्कु फर्कु लाग्ने कार्यक्रम वनाउनु पर्छ ।”

अधिकांस शैक्षिक परामर्ष कम्पनीहरुको प्रतिष्ठा धमिलो वन्दै गएको छ । यतिवेला एजुकेशनल पार्कले भने सामाजिक दायित्वका विभिन्न अभियान चलाउँदै व्यावसायीक तथा यस क्षेत्रकै इज्जत वढाउदै आएको छ । यस्ता अभियानका कारण प्रशंसा पाएको यो संंस्था द पाइनियोर अर्वाड, लण्डनको फाइनलिष्टमा समेत सहभागी हुने अवसर पाएको थियो ।

हेर्नुहोस एजुकेसन पार्कले तयार गरेको चर्चित भिडियो “अव घर आउ”

Education PARK – ComeHOME

Never forget your roots.If you have achieved the desired degrees and have had some great experiences abroad, its now time to think about home. Having fulfilled your own “aspirations”, is it not good time to fulfill your responsibilities towards your home, your nation?! Perhaps, its best to come home now.The magic thing about HOME is that it feels GOOD to leave; it feels even BETTER to come back.It's not just about studying abroad. It should be about utilising what you have learnt for where you’ve come from: your roots, your home, your country. You’re needed!!#itsnotjustaboutstudyingabroad #comehome #comhomenepal #educationparknepal #education_park #brightertomorrow

Posted by Education PARK on Sunday, October 6, 2019