एउटा ट्वीटले अमेरिकी दुतावासले दियो क्रिकेटर सन्दीपलाई भिसा

साउन २८, काठमाडौं — नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफुलाई अमेरिकी दुताबासले भिसा नदिएको भन्दै ट्वीट गरेपछि त्यसको ४ घण्टामै दुतावास आफ्नो निर्णयबाट पछि हटेको छ ।

बिहान १० बजे अन्तर्वार्ताका लागि दुतावास पुगेका सन्दीपलाई भिसा दिन इन्कार गरेको थियो । त्यसपछि आफू चकित परेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित अमेरिकी राजदूत र दूतावासलाई मेन्सन गरेर ट्विट गरेका थिए ।

सन्दीपले ट्वीट गर्दै सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएपछि क्यारेबियन प्रिमियर लिग खेल्न जान गाह्रो भएको उल्लेख गरेका थिए ।सोसल मिडिया र संचारमाध्यमहरुमा दुतावासको विरोध हुन् थालेपछि दिउसो फेरि कार्यालयमा बोलाएर सन्दीपलाई भिसा दिएको हो ।