ऋृतिकको ’सुपर ३०’ को सिक्वेल बन्ने

मंसिर ११, काठमाडौ – ऋृतिक रोशन स्टारर बलिउड चलचित्र ’सुपर ३०’ ले भारतीय बक्स अफिसमा व्यापारिक सफलता पाएसँगै चलचित्रको सिक्वेल बन्ने भएको छ ।

चलचित्रको सिक्वेल भारतसँगै चीनमा पनि रिलिज गरिने भारतीय मिडियाले सार्वजनिक गरिरहेका छन् । चीनमा रिलिज गर्न ’सुपर ३०’को अलग भर्जनको पनि तयारी सुरु भएको छ ।

यसका लेखक सञ्जिव दत्तलाई ’सुपर ३०’ का मेकरहरुले सिक्वेलको लागि स्क्रिप्ट लेखन दबाब दिएका हुन् । तर फिल्मको कलाकारको बारेमा भने केही खुलाइएको छैन ।

विकास बहलले निर्देशन गरेको चलचित्र भारतका गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित भएर निर्माण गरिएको हो। जसमा ऋृतिकले आनन्दको भूमिका निभाएका छन् ।