उपन्यास छाउघरका लेखक राजलाई तुलसी—चन्द्र स्मृति पुरस्कार

पुस, २८ काठमाडौ—सुदुरपश्चिममा प्रचलीत छाउपडी प्रथाबारे लेखिएको उपन्यास छाउ घरका लेखक राज सरगमले २०७३ को तुलसी—चन्द्र स्मृति पुरस्कार पाएका छन् । राजधानीमा शुक्रबार उनलाई संस्कृतिविद् सत्यमोहन जोशी र मानव अधिकार आयोग सदस्य प्रकाश शरण वस्तीले पुरस्कार प्रदान गरे । जनही १५ हजार रुपैयाको पुरस्कार राखिएको थियो ।
साहित्यकार हेमराज पाण्डेले हजुर बुबा आमा तुलसीराम पाण्डे र चन्द्रकला पाण्डेको स्मृतिमा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गर्छन् । उनले यसका लागि ५ लाख रुपैयाका अक्षय कोष नै निर्माण गरेका छन् । छाउ प्रथा समाजको कलंक भएको हुदा यस विषयमा लेख्न मन लागेको
साहित्यकार मोदनाथ प्रश्रित, शान्ता मानवी, प्राध्यापक गोपीकृष्ण शर्मा, प्रतिष्ठानका अध्यक्ष युवराज पाण्डे, उपाध्यक्ष मोहन बञ्जाडे, कवि प्रल्हाद पोखरेल, प्रभा भट्टराई लगायतले बोलेका थिए ।