उपत्यकामा हजार आइसोलेसन बेड तयारी अवस्थामा

 

चैत ५,काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ ।

सरकारले मंगलबार मात्रै काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गर्दै त्यसको आवश्यक चाँजोपाजो मिलाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो ।

सरकारको सो निर्णयअनुसार १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सचिव कोइरालाले बताए । सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा १२० र उपत्यका बाहिर ११५ आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको थियो ।