इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

 

कात्तिक ८, इन्डोनेसिया – इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए । भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको सम्भावना नदेखिएको उनले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोन मार्फत बताएका थिए ।
एजेन्सी