इटालियन सिरी ’ए’ मा मिलानको शानदार जित

 

साउन ११, एजेन्सी – रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा इटालियन सिरी ’ए’ मा इन्टर मिलानले जित निकालेको छ । लुइजी फेरारीमा शनिबार राति इन्टरले घरेलु टोली जिनोआविरुद्ध ३–० गोलको जित निकालेको हो ।

इन्टर मिलानको जितमा लुकाकुले २ तथा सान्चेजले १ गोल गरे । जिनोआविरुद्धको जितसँगै इन्टर मिलान ३६ खेलबाट ७६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको युभेन्टसको ३५ खेलबाट ८० अंक छ । ७५ अंकका साथ एटलान्टा तेस्रो स्थानमा छ ।