इजरायलका प्रधानमन्त्रीले घुस खाएको आरोप

मंसिर ९, एजेन्सी –इजरायली महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफ्नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु माथि घुस लिएको आरोप लगाएका छन् । नेत्यान्याहुले निष्ठा त्यागेर जालझेल समेत गरेको महान्यायाधिवक्ताको आरोप छ ।

आफ्नो निष्ठा त्यागेर धनाढ्य व्यापारीको उपहार लिएको र आफ्नो पक्षमा मिडियामा समाचार लेखाएको आरोप नेतान्याहुमाथि छ । साथै प्रधानमन्त्री पनि कानूनी दायराभित्र आउनु पर्ने भन्दै उनले नेतान्याहुमाथि सजायको माग गरेका छन् ।

नेतान्याहुले भने सरकारी अधिकारीहरु सत्यको पछि नलागेर आफ्नो पछि लागेको भन्दै आरोपको खण्डन गरेका छन् । आफूमाथि ‘कू’ गर्ने षड्यन्त्रको रुपमा यस्तो आरोप लागेको उनको जिकिर छ ।