आहुति भन्छन् : ‘राजनीतिक भाषणमा महिला यस्तो हुनु पर्छ, त्यस्तो हुनुपर्छ भन्छ तर आधारभूत सामाजिक हेराइमा ऊ पनि फेरिन सकेको छैन । ’

 

विश्वभक्त दुलाल कम्युनिष्ट आन्दोलनका ज्ञाता हुन् । उनले हालै कम्युनिष्ट आन्दोलनारे रोतापार्टी संग लामो अन्र्तवाता दिएका छन् । यसको एउटा प्रश्नको उक्तमा आहुतीले नेपालको कम्युनिस्ट आन्दोलनमा महिलाको अवस्थाबारे विचार राखेका छन् । त्यहि बिचार जस्ताको तस्तै साभार गरिएकोछ ।

महिला जसलाई आधा आकास भनिन्छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने महिला नेतृत्वको निकै अभाव देख्छौँ । यसका के कारण हुन् र महिला नेतृत्वको फौज तयार पार्न के–के चुनौतीहरू छन् रु
यो छोटो अन्तरवार्तामा धेरै विषयमा विचार राख्न सम्भव छैन । अबको कम्युनिस्ट आन्दोलन निर्माण गर्न हामीले कतिपय परिमार्जन गर्दै र कतिपय नवीन अवधारणाहरू संस्लेषण गर्दै अगाडि बढ्नुपर्ने आवश्कता छ । त्यसमध्येका दुइटा कुरा म तपाईंलाई भन्न चाहन्छु । पहिलो, महिलाकै विषय हो भने दोस्रो दक्षिण एसियामा रहेको जात व्यवस्था ।
विश्वको आधा जनसङ्ख्यामा रहेका महिलाहरूको बारेमा कम्युनिस्ट आन्दोलनमा जुन उचाइका साथ नीतिहरू बनाइनुपर्ने थियो, त्यो नबनाइएकै हो । भन्नुको अर्थ सिङ्गो १७० वर्षको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको विषयमा गम्भीर त्रुटि भएको छ । आज पनि महिलालाई एउटा पुँजीवादी कार्यकर्ताले जुन दृष्टिकोणका साथ हेर्छ, कम्युनिस्ट पार्टीको कार्यकर्ताले पनि आधारभूत रूपमा त्यही दृष्टिकोणले हेर्छ ।
माक्र्स–एङ्गेल्सले महिलाहरूको मुक्तिको सन्दर्भमा जे अवधारणा ल्याउनु भयो, त्यो पितृसत्ता विरोधी अवधारणा हो । कम्युनिस्ट पार्टीहरूले राजनीतिक आन्दोलनमा ल्याउनका निम्ति महिलाहरूलाई अपिल गरे र ल्याए पनि । तर महिला पर्यावरणलाई हेर्ने माक्र्सवादी अवधारणाद्वारा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई प्रशिक्षित गर्न सकेनन् । महिला भनेको सामान्य लिङ्गको प्रश्न मात्रै थिएन र होइन । आदिम साम्यवादी युगपछि सबै युगमा महिला यो समाजको उत्पीडित र प्रतिपक्षी समुदाय हो । किसानको मुक्ति सामन्तवादको अन्त्यपछि हुन्छ । मजदुरको मुक्ति पुँजीवादपछि प्राप्त हुन्छ । तर महिलाको सम्पूर्ण मुक्ति सम्पूर्ण मानवजातिको मानवताको मुक्तिसँगै जोडिएको छ ।
विश्वको आधा जनसङ्ख्यामा रहेका महिलाहरूको बारेमा कम्युनिस्ट आन्दोलनमा जुन उचाइका साथ नीतिहरू बनाइनुपर्ने थियो, त्यो नबनाइएकै हो । भन्नुको अर्थ सिङ्गो १७० वर्षको कम्युनिस्ट आन्दोलनमा महिलाहरूको विषयमा गम्भीर त्रुटि भएको छ । आज पनि महिलालाई एउटा पुँजीवादी कार्यकर्ताले जुन दृष्टिकोणका साथ हेर्छ, कम्युनिस्ट पार्टीको कार्यकर्ताले पनि आधारभूत रूपमा त्यही दृष्टिकोणले हेर्छ । राजनीतिक भाषणमा महिला यस्तो हुनु पर्छ, त्यस्तो हुनुपर्छ भन्छ तर आधारभूत सामाजिक हेराइमा ऊ पनि फेरिन सकेको छैन ।
म एउटा सानो उदाहरण दिऊँ– समाजको निरन्तरताको निम्ति प्रजनन अनिवार्य छ । प्रजननमा निर्णायक र आधारभूत भूमिका महिलाको हुन्छ । तर आजसम्म कम्युनिस्ट पार्टीको कार्यशैली र कार्यविधि हेर्ने हो भने महिलाहरूले बच्चा जन्माएकै आधारमा उसको अङ्क घट्ने गरेको छ । यसको जरो हाम्रो परिवारको सामाजिक बनोटमा गएर जोडिन्छ । किनभने परिवारहरूको बनोट पितृसत्तात्मक संरचनामा आधारित छ । समग्र महिला र ती महिला कार्यकर्तालाई हेर्ने कम्युनिस्ट अवधारणाको निर्माण परिवारहरूको पुनर्गठन गरेर गर्नुपर्ने थियो । तर हामीले परिवार गठनको पितृसत्तात्मक ढाँचालाई परिवर्तन गर्न सकेनौँ ।
त्यसैले आजको कम्युनिस्टले यस विषयलाई पनि नयाँ ढङ्गले सोच्न जरुरी छ । उसले महिलाहरूले बच्चा पाउने भनेको समाजको, क्रान्तिको निम्ति प्राथमिक कुरा हो भनेर किन नबुझ्ने रु पार्टीमा सक्रिय महिलाहरू सन्तान उत्पादनमा लाग्दा पार्टीहरूले उनीहरूका लागि क्षतिपूर्तिसहितको विशेष प्रशिक्षण किन नचलाउने रु समाजको निरन्तरता र क्रान्तिका निम्ति तपाईंले थप एउटा मानिस जन्माउनुभयो भनेर उनीहरूलाई सम्मान किन नगर्ने रु त्यस कारण यस विषयमा कम्युनिस्टहरूबाट गम्भीर त्रुटि मात्र होइन कि कसुर नै हुन पुगेको छ । त्यसैले यसलाई परिवर्तन गर्नुपर्ने गम्भीर आवश्यकता छ ।
त्यसैगरी दक्षिण एसियाको सन्दर्भमा अर्को महत्वपूर्ण जात व्यवस्थाको बारेमा माक्र्सवादीहरूले ध्यान दिन सकेनन् । जात व्यवस्था भएको समाजमा वर्ग निर्माणमा जात व्यवस्थाको कस्तो भूमिका छ भन्ने बारेमा र वर्ग र जात व्यवस्थाको अन्तरसम्बन्धका बारेमा कम्युनिस्टहरूले ध्यान दिन सकेनन् । माक्र्सवादी ढङ्गले यस विषयमा हामीले कहिलै पनि सही धारणा बनाउन सकेनौँ र त्यसको अपनत्व पनि लिन सकेनौँ । दक्षिण एसियाको समाज भनेको मूलतः जात व्यवस्थामा आधारित समाज हो ।
भन्नुको अर्थ जात व्यवस्थामा आधारित समाजको वर्ग निर्माणमा जातको जबरजस्त भूमिका छ । हामीले वर्गको कुरा गर्दा जात व्यवस्था छोडिदिने जात व्यवस्थालाई सांस्कृतिक रूपमा मात्रै हेर्न मिल्दैन । जात व्यवस्था भनेको समग्र अर्थराजनीतिक प्रणाली हो । अनि यसलाई खुट्याउनै नचाहने । यसलाई चलायो कि वर्वाद भइन्छ भन्नु भनेको गलत सोच हो । बरु कम्युनिस्टहरूले अन्तरविरोधलाई चलाएर बर्बाद भइन्छ होइन कि त्यसको सही सञ्चालन गरेर हल पो गर्छन् । त्यसकारण संसारकै हकमा महिला र दक्षिण एसियाको सन्दर्भमा दलित अथवा जात व्यवस्थाबारे नयाँ युगका कम्युनिस्टहरूले ठीक ढङ्गले परिभाषित गर्नुपर्नेछ ।