आर्थिक कारोबारलाई सहज बनाउन विद्युतीय प्रणाली प्रयोग हुने — अर्थमन्त्री खतिवडा

काठमाडौं १२ वैशाख— सरकारले सबै खालका सरकारी आर्थिक कारोबार अब विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गर्दै आर्थिक कारोबारलाई सहज बनाउन विद्युतीय प्रणालीबाट सुरु गर्न लागेको बताए । यो सेवा केन्द्र बुधबारबाट करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ ।

खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरे ।