आयो ‘गोर्खा वारियर’ को टेस्ट टिजर (भिडियो)

 

जेठ १४, काठमाडौं –मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा कलाकारको रूपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् ।

हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ । यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरूले बनाउने नेपाली चलचित्रमा पहिलो पटक गरिएको बताइएको छ ।