अर्थ आकाशको

चानक त्रिखत्री

 

सबैको आफ्नै बादल छ

य़हाँ सबैको आफ्नै आकाश मेरो आकाशमा रम्न मलाई देउ

मेरो बादल सम्हाल्न आकाशको हरेक रंग देखे

कालो नीलो पहेँलो बादलको सबै ढंग देखे

बाक्लो पातलो सेतो कालो मेरो आकाशमा जीउन खोज्छु

तर सबैको आकाशमा बिलिन भयो मेरो बादल समेट्न खोज्छु

तर अरुको मात्र समेट्न सके जति आँखा च्याते पनि

य़ो भन्दा बढि आकाश न मेरो भाग्यमा जति काख खुम्चाए पनि

आफ्नो भाग भन्दा बढी बादल मेरै पोल्टोमा आँखा नच्यातेको पनि होइन

क़ाख नखुम्च्याएको पनि होइन

म छु र मेरो आकाश छ बादल छ म छैन र पनि मेरो आकाश छ बादल छ

हराउन चाहन्छु भाग्न चाहन्छु

बिना आकाश अनि बादल मेरो धर्ति छैन सायद

म भेट्ने आशामा सायद

मेरा सुर्य कति उज्याला कति अध्यारा

मेरा तारा कति चम्किला कति मधुरा

सायद म हराउने आशामा सायद