अरुणा बनिन् महिला भलिबलको नयाँ कप्तान

असोज २८, काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा अरुणा शाही चयन भएकी छिन् ।

नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान बिहिन थियो ।