अमेरिका र तालिबानबीच कतारमा शान्ति वार्ता

मंसिर २२, एजेन्सी– लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्तालाई निरन्तरता दिइएको छ । कतारको राजधानी दोहामा अचानक वार्ता गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको ‘द सन’ले उल्लेख गरेको छ ।

गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । वासिङ्टनको स्रोतको प्रयोग गर्दै द सनले लेखेको समाचार अनुसार दोहामा शनिबार अमेरिकाले वार्ताको आयोजना गरेको हो ।

तीन महिना अघि मात्रै अमेरिका र तालिबानबीच वार्ता अवरुद्ध भएको थियो । वार्ता प्रक्रिया चलिरहँदा तालिबानले गत सेप्टेम्बरमा श्रृंखलावद्ध हमला गरेपछि अमेरिकी तर्फबाट वार्ता रोकिएको थियो ।