अमेरिकाको चर्चमा गोली प्रहार २७ जनाको मुत्यु

एजेन्सी(अमेरिका)—चर्चमा गोली प्रहार भएपछि अमेरिकाको टेक्सासमा २७ जनाको मृत्यु भएकोछ । आइतबार सन्डल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रर्थाना भईरहेको बेला गोलि चलेको हो ।
अन्तराष्ट्रिय संचारमाध्यमले बताए अनुसार बिहान ११ बजे तिर झन्डै ३० वर्ष उमेरको गोरो वर्णको युवाले चर्च भित्र पसेर अन्धाधुन्द गोलि चलाएको बताइएको छ । प्रहरीका अनुसार आक्रमणकारी नि मारिएका छन् । घटनामा २० जना घाइते भएको र उनीहरुलाई अस्पतालमा उपचारार्थ पराएको छ ।