अमीषा पटेललाई चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी

एजेन्सी – बलिउड अभिनेत्री अमीषा पटेललाई धोका र चेक बाउन्सको मामिलामा पक्राउ पुर्जी जारी गरेको छ ।

भारतको झारखण्ड स्थित राँचीको अदालतले उनले दिएको ३ करोडको चेक ३ करोडको चेक बाउन्स भएपछि उनलाई पक्राउ पुर्जी जारी गरेको छ ।

पटेल विरूद्ध राँची निवासी फिल्म निर्माता अजय कुमार सिंहले उजुरी दिएका हुन् ।

सिंहका अनुशार आफुलाई फिर्ता गनुपर्ने रकम २ करोड ५० लाख भारूका लागि पटेलले ३ करोडको चेक दिएकी थिइन् तर चेक बाउन्स भयो ।