अफगानिस्तानको एक मस्जिदमा बिस्पोट, ६२ जनाको मुत्यु

कात्तिक ३, काठमाडौं – अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ ।

देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा अरु कैयौँ घाइते भएका छन् ।
प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा सो विस्फोटन भएको हो ।

दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्रा्ष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् ।

रासस