अजयको ‘तानाजी’ दुइ सय करोड क्लबमा इन्ट्री

माघ १२, काठमाडौं – बक्सअफिसमा कमाल गरिरहेको अभिनेता अजय देवगन स्टारर ‘तानाजीः द अनसंग वारियर’ दुइ सय करोड क्लबमा इन्ट्री भएको छ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले २४ जनवरी अर्थात् शुक्रबारमात्रै ५.३८ करोडको बिजनेस गर्दै आफ्नो कुल कलेक्सन २०२.८३ करोड पुयाएको हो ।

यो सगैं तेश्रो हप्तामा चलिरहेको यो फिल्म दुइ सय करोडमा इन्ट्री हुने सन् २०२० को पहिलो फिल्म बनेको छ ।